Mon. Dec 23rd, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विश्व आर्थिक मञ्चमा भिडियोद्वारा सहभागी

फाईल फोटो

काठमाण्डौं, २०७८ माघ ४ गते मंगलबार । विश्व आर्थिक मञ्चका संस्थापक एवम् अध्यक्ष क्लाउस श्वाबको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १७ तारिख पैचिङमा सन्२०२२ विश्व आर्थिक मञ्चको भिडियो सम्मेलनमा सहभागी भएर सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले हाल विश्वमा सयौँ वर्ष नभेटिएको परिवर्तित अवस्था रहेको औँल्याउँदै कोभिड-१९ महामारी कसरी जित्ने, महामारी पछि विश्वलाई कसरी पुनरूत्थान गर्ने,यी प्रश्न विश्वका विभिन्न मुलुकका जनताले साझा ध्यान दिएको समस्या रहेकाले जवाफ खोज्नुपर्ने राष्ट्राध्यक्ष सीले बताउनुभयो।

शान्तिपूर्ण विकास गर्ने, संयुक्त सहयोग गर्ने सही बाटो राष्ट्राध्यक्ष सीले भन्दै विभिन्न मुलुक, विभिन्न सभ्यताले आपसी आदर गर्ने आधारमा संयुक्त विकास गर्नुपर्ने उहाँले भन्नुभयो। चीनले अन्तर्राष्ट्रिय परिपाटी स्थिर पार्ने अभियान कायम राख्ने, मानव जातिको संयुक्त मूल्यमान्यताको प्रसारण गर्ने, मानव भाग्य एकरूपताको स्थापनालाई अघि बढाउने राष्ट्राध्यक्ष सीले जोड दिँदै चीनले कुनै पनि तवरका एकपक्षीयतावाद, संरक्षणवादको विरोध गर्नुका साथै प्रभुत्ववादको पनि विरोध गर्ने उहाँले बताउनुभएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीनको आर्थिक परिस्थितिबारे पनि जानकारी दिनुभएको छ। उहाँका अनुसार, चीनको आर्थिक विकास राम्रो प्रवृत्ति तिर जाँदै गत वर्ष चीनको गार्हस्थ उत्पादन मात्रा ८ प्रतिशतले वृद्धि भएको, देश विदेशी आर्थिक वातावरणको परिवर्तनबाट चिनियाँ आर्थिक विकासमाथि ठूलो दवाव देखिएता पनि चीनको आर्थिक विकासको सम्भावनाले भरिपूर्ण विश्वास लिएको छ।

चीनमा साझा समृद्धि साकार तुल्याउने बारेमा चर्चा गर्दै राष्ट्राध्यक्ष सीले चीनले उचित व्यवस्थाको सुधार गरेर विकास उपलब्धीलाई अझ बढी र अझ निष्पक्ष रूपमा सम्पूर्ण चिनियाँमा हितकल्याण पुर्याउने व्यक्त गर्नुभएको छ।

हरित विकासको विषयमा चीनका राष्ट्राध्यक्ष सीले हरित नदी र पहाड सुन र चाँदी खजाना भएको विचारमा जोड दिंदै चीनले पर्यावरणीय निर्माणलाई अघि बढाउने, सकेसम्म प्रदूषणको प्रतिरोध गर्ने, जनताले जीवन बिताउने र काम गर्ने वातावरणलाई सुधार गर्ने पनि उहाँले बताउनुभएको छ।

अन्त्यमा राष्ट्राध्यक्ष सीले औँल्याउँदै दाभोस विश्वमा हिउँदे खेलकुद खेल्ने नामी ठाउँ भएको स्मरण गर्दै पैचिङ हिउँदे ओलम्पिक खेल्कुद, प्याराओलम्पिक खेलकुद शुरू हुने जानकारी गराउनुभयो। चीनले विश्वलाई एउटा सरल, सुरक्षित, अद्भूत ओलम्पिक खेल्कुद देखाउने विश्वास लिएको भन्दै उहाँले पैचिङ हिउँदे ओलम्पिक,प्यारा ओलम्पिकको नारा भनेको संयुक्त रूपमा भविष्य उन्मुख भएकोले राष्ट्राध्यक्ष सीले सम्बोधनको अन्तिममा सबैसँग हातमा मिलाएर विश्वासका साथ संयुक्त भविष्य निर्माण गर्दै जान पनि आह्वान गर्नुभएको छ।

Facebook Comments