Fri. Mar 14th, 2025 09:59:01

सीपीसीको १९औँ केन्द्रिय अनुशासन निरीक्षण समितिको छैठौँ बैठकमा चीनका राष्ट्राध्यक्ष सीद्वारा सम्बोधन

काठमाण्डौं, २०७८ माघ ४ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रिय अनुशासन निरीक्षण समितिको छैठौँ बैठक जनवरी १८ तारिख आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस बैठकमा सम्बोधन गर्नुभएको छ।

यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनको एक दशक यताको सम्बोधनमा राष्ट्राध्यक्ष सीले कर्तव्यनिष्ठ र भ्रष्टाचार विरोधी कार्यमा प्रगति हासिल हुँदै पार्टी, सरकार, सेनाभित्रका गम्भीर समस्याको समाधान हुनुमा पूर्ण तथा कडाइका साथ पार्टी शासन गर्दाको उपलब्धी भएको पनि औंल्याउनुभयो।

यसका साथै युवा अधिकारीलाई शिक्षा दिने र अनुगमन गर्नुपर्नेमा जोड दिंदै राष्ट्राध्यक्ष सीले युवा अधिकारीले पार्टी निष्ठा कायम राख्नुका साथै गम्भीर रूपमा अनुशासन र कानूनको पालना गर्ने शिक्षा दिनुपर्ने विचार व्यक्त गर्नुभयो।

अनुशासन निरीक्षण विभागका कर्मचारीले पार्टी, जनता र आफ्ना कामलाई निष्ठापूर्वक गर्नुपर्ने, पार्टी र जनताका संरक्षक बन्नुपर्नेमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो। सीएमजी

Facebook Comments