Wed. May 8th, 2024

३० करोड व्यक्तिलाई हिउँ र बरफ खेलमा संलग्न गराउने लक्ष्य पूरा

काठमाण्डौं, २०७८ पुस ३० गते शुक्रबार । चीनले ३० करोड व्यक्तिलाई हिउँ र बरफ खेलमा संलग्न गराउने लक्ष्य पूरा भएको बताएको छ । चीनको राज्य परिषदको प्रेस कार्यालयले जनवरी १३ तारिख बिहान पत्रकार सम्मेलन आयोजना गर्दै सो जानकारी दिएको हो ।

पैचिङ हिउँदे ओलम्पिक खेलकुद आयोजक समितिअन्तर्गत समग्र योजना विभागका प्रमुख ली सनले जानकारी दिनुभएअनुसार, चीनको हिउँ र बरफ खेलको विकासलाई अगाडि बढाउनका लागि हिउँदे ओलम्पिक खेलकुद र प्यारा हिउँदे ओलम्पिक खेलकुदको निवेदन, तयारी र आयोजना गर्ने महत्वपूर्ण लक्ष्यहरूमध्येको एक हो। हालैका वर्षहरूयता हिउँदे ओलम्पिक खेलकुदको तयारीलाई सुअवसरको रुपमा राखेर चीनले हिउँ र बरफ खेलको तीब्र विकास बढाएको छ।

चीनमा हिउँ र बरफ खेलमा संलग्न भएकाहरूको संख्या ३४ करोड ६० लाख पुगेको छ। सन् २०२० को अन्त्यसम्म चीनमा मापदण्डसित अनुकूल ६ सय ५४ वटा बरफ रिङ्क, ८ सय ३ वटा अन्तरङ्ग र बहिरङ्ग स्की खेलमैदान छन्। चीनले यसरी ३० करोड व्यक्तिलाई हिउँ र बरफ खेलमा संलग्न गराउने लक्ष्य पूरा गरिसकेको छ। सीएमजी

Facebook Comments