Tue. Dec 24th, 2024

पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा

काठमाण्डौं, २०७८ पुस २८ गते बुधबार ।  ३०० औं पृथ्वी जयन्तीका अवसरमा मंगलबार सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । मोर्चाका अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनर् एकीकरण गरेर मेचीपारिसम्म नेपालको सिमाना कायम गर्नुभएको हुँदा सम्मानस्वरूप उहाँको सालिकमा ग्रेटर नेपालको नक्सा राखिएको बताउनु भएको छ । उहाँले मोर्चा सँधैं पृथ्वीनारायण शाहको पदचिन्हमन हिँड्ने बताउनु भएको छ । केही व्यक्तिले पृथ्वीनारायण शाहलाई नमान्ने भन्दैमा उहाँको महत्त्व कम नहुने भन्दै मोर्चाका अध्यक्ष नेपालले नेपाली भएर पृथ्वीनारायण शाहको आलोचना गर्नु भनेको आफ्नो नाक आफैले काट्नु हो काट्नु हो भन्नुभएको छ ।

अध्यक्ष नेपालले सालिकमा राखिएको ग्रेटर नेपालको नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्सुकतापूर्वक हेरेको दाबी पनि गर्नुभएको छ ।

Facebook Comments