Sat. May 11th, 2024

टाइगर कपको फाईनल हेर्न मध्य एसियाली भलिबल संघका अध्यक्ष नेपाल आउने

काठमाण्डौं, २०७८ पुस २७ गते मंगलबार । मध्य एसियाली भलिबल संघ (काभा) का अध्यक्ष मोहम्मद लतीफ नेपाल भ्रमणमा आउने हुनुभएको छ । लतीफ पोखरामा जारी दोस्रो टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता भव्य फाइनल फाईनल खेल अवलोकन गर्न नेपाल आउन लाग्नु भएको हो ।

लतीफ यसै साता नेपाल भ्रमणमा आउन लागेको नेपाल भलिबल संघले जनाएको हो । लतीफले जनवरी १४ (पुस ३०) मा पोखरामा सञ्चारकर्मीहरूसँग भेटघाट र कुराकानी गर्नुहुनेछ भने जनवरी १५ (माघ १) मा टाइगर कपको फाईनल खेल हेर्नुहुनेछ ।

पुस १६ बाट पोखरामा सुरु भएको दोस्रो टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १ गते सम्म चल्ने छ । प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान ३ लाख प्राप्त गर्दा उपविजेता टोलीले १ लाख ५० हजार तथा तृतियले हुनेले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्दा हरेक विधाका उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षकले समान १०-१० हजार प्राप्त गर्नेछन् ।

Facebook Comments