Mon. Dec 23rd, 2024

थाइवान कार्ड खेल्दा आगो लाग्ने चिनियाँ परराष्ट्र मन्त्रालयको चेतावनी

काठमाण्डौं, २०७८ पुस २७ गते मंगलबार । लिथुआनियाले विश्वमा “एक चीन, एक थाइवान”को नीति अपनाउँदै आफ्नो गल्तीलाई सच्याएर चीन विरुद्धको शक्तिको चेसम्यान बन्न नहुने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले १० तारिख नियमित पत्रकार सम्मेलनमा बताउनु भएको छ । साथै प्रवक्ता वाङले अमेरिकाले थाइवान कार्ड खेलेमा आगो लगाउने चेतावनी पनि दिनुभएको छ।

प्राप्त जानकारी अनुसार अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताइले हालै युरोपेली संघीय समितिका कार्यकारी उपाध्यक्ष भालदिस दोम्ब्रोफ्दिससँग टेलिफोन वार्ता गर्दै अमेरिकाले युरोपेली संघ र लिथुआनियालाईरा चीनको आर्थिक जबरजस्तीको सामना गर्न द्दढ समर्थन गर्ने व्यक्त गरेका छन्। यसप्रति प्रतिक्रिया दिँदै प्रवक्ता वाङले अमेरिकाले चीनको राष्ट्रिय सार्वभौमसत्ताको रक्षाका लागि चीनको वैधानिक अधिकारलाई ुजबरजस्तीु भनेर विकृत गरेको छ जसबाट स्पष्ट रुपमा अमेरिकाको कपट तथ छल स्पष्ट देखिएको छ।

Facebook Comments