Wed. Dec 25th, 2024

अपांगमैत्री संरचना निर्माणमा सरकार सकारात्मक छ : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सडक, भवन र अन्य भौतिक संरचनालाई अपांगमैत्री बनाउन पहल गर्ने बताउनुभएको छ ।

मन्त्रालयमा रिङरोड नागरिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री झाँक्रीले अपांगमैत्री सडक, भवन र अन्य संरचना निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, “मानवमैत्री संरचना बनाउनेमा हामी सधैँ सकारात्मक छौँ, तपाईहरुका लागि पनि पहल गर्छौ ।” मन्त्री झाँक्रीले अपांगता भएका नागरिकको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो ।

उक्त समूहलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव मणिराम गेलालले भन्नुभयो, हामी अपांगमैत्री सडक बनाउनेगरी डिजाईन गरिरहेका छौैँ, विगतका योजना पनि कार्यान्वयन गर्छो । मन्त्री झाँक्रीको प्रतिक्रियापछि उक्त समूहले मन्त्रालयले आफूमैत्री योजना बनाउनेमा आशावादी रहेको बताउनुभएको छ ।

Facebook Comments