Sun. May 12th, 2024

पैचिङ हिउँदे ओलम्पिक खेलकुद उल्टोगन्तीको ५० औँ दिन

काठमाण्डौं, २०७८ पुस १ गते बिहीबार । आज डिसेम्बर १६ तारिख पैचिङ ओलम्पिक खेलकुद उल्टो दिनगन्तीको ५० औँ दिन हो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले १६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा हाल पैचिङ हिउँदे ओलम्पिक खेलकुदका विभिन्न तयारी कार्य मोटामोटी रूपमा भइसकेको जानकारी दिनुभएको छ।

प्रवक्ता वाङका अनुसार, विभिन्न मुलुकका खेलाडीहरू चीनमा आएर हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुने प्रतीक्षामा रहेका छन्। त्यसैगरी हाल उनीहरूले अन्तिम ५० दिनको समयमा सम्बद्ध परीक्षणात्मक प्रतिस्पर्धामा भाग लिइरहेका छन्। विभिन्न मुलुकका खेलाडीहरूले हिउँदे ओलम्पिक खेलकुद मैदानमा नयाँ उपलब्धि प्राप्त गर्नसक्ने शुभेच्छा चीनले गरेको कुरा पनि प्रवक्ता वाङले बताउनुभएको छ। सीएमजी

Facebook Comments