Sat. Jun 15th, 2024

हिंसा अन्त्यका लागि समाज, राज्य र घरघरै सचेत हुनुपर्नेमा मन्त्री झाँक्रीको जोड

काठमाण्डौं, २०७८ मंसिर २३ गते बिहीबार । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गरिनुपर्ने बताउनुभएको छ ।

महिला सुरक्षा दबाव समुहले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रममा काठमाण्डौंमा बोल्दै उहाँले हिंसा अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताउनुभएको हो । समाज र सामाजिक चिन्तनमा भएको परिवर्तनले हिंसाको तरिका फरक भएपनि वास्तवमै लैगिंक विभेद भने हट्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले विगतको महिला आन्दोलनलाई जोड्दै भन्नुभयो, आजको यो उपलब्धि हिजोको आन्दोलन हो, संघर्ष हो, तसर्थ अबको आन्दोलन जोगाउने जिम्मा भावी पुस्ताको हो । साथै उहाँले समाजमा हुने हरेक किसिमका हिंसा अन्त्यका लागि समाज, राज्य र घरघरै नै सचेत हुनुपर्नेमा पनि जोड दिनुभयो ।

Facebook Comments