Mon. May 20th, 2024

भारतका पूर्व सैनिक प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाण्डौं, २०७८ मंसिर २२ गते बुधबार ।  भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत यात्रारत एउटा हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ।

भारतीय वायु सेनाको एमआई-१७भी५  हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।

जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को जनवरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहनु भएको छ । जेनरल रावत र उहाँको परिवारको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन। हेलिकप्टरमा १४ यात्रु रहेको र त्यसमा रावतको परिवार पनि रहेको बताइएको छ।

दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडिओहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पुर्जाबाट धुँवा निस्किरहेको देखिन्छ।

तमिलनाडुका वनमन्त्री के रामचन्द्रनले घटनास्थलको भ्रमणपछि पाँच जनाको मृत्यु भएको र थप दुई जनाको अवस्था गम्भीर भएको बताउनु भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने बताइएको छ। बीबीसी

Facebook Comments