Fri. May 17th, 2024

कोरोनाका २ सय ७२ जना नयाँ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

काठमाण्डौं, २०७८ मंसिर २१ गते मंगलबार । पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ३ सय ८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 दुई हजार ४ सय २४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४५ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ३ सय ५२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ७ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Facebook Comments