Sat. Sep 28th, 2024

अमेरिकामा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

काठमाण्डौं, २०७८ मंसिर २० गते सोमबार । सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार तथा अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ। उहाँ फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

राष्ट्रपति जो बाइडनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले डोल ‘प्रिय मित्र’ र ‘आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ’ रहेको बताउनु भयो।

डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर हुनुहुन्थ्यो । राष्ट्रपतीय निर्वाचनमा उहाँले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँ दोस्रो विश्व युद्धमा सहभागी सैन्य अधिकारी समेत हुनुहुन्छ जो युद्धका क्रममा झन्डै मारिनु भएको थियो ।

डोलको निधनको खबर उहाँकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो जसमा उहाँले ‘७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेको’ उल्लेख छ।

सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले ‘आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ’ भन्नु भएको छ ।

अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले डोलले ‘अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको’ भन्नु भएको छ ।

त्यस्तै बुसका डेमोक्र्याटिक उत्तराधिकारी बराक ओबामाले डोललाई ‘युद्ध नायक, राजनीतिक नेता र एक राजनेता’को सङ्ज्ञा दिनुभएको छ । बीबीसी

Facebook Comments