Tue. May 7th, 2024

सांसद शान्ता चौधरी कक्षा १२ उत्तीर्ण

काठमाण्डौं, २०७८ मंसिर १७ गते शुक्रबार । नेकपा एमालेका सचेतक तथा सांसद शान्ता चौधरीले कक्षा १२ को परीक्षा उत्तीर्ण गर्नुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा प्रकाशन गरेको थियो।

सांसद चौधरीका स्वकीय सचिव सन्तोष दहितले शान्ता चौधरी उत्तीर्ण भएको जानकारी दिनुभएको हो। गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा चौधरीले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिनुभएको थियो ।

Facebook Comments