Mon. Dec 23rd, 2024

राष्ट्रपति भण्डारीद्वारा मङ्सिर २८ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाण्डौं, २०७८ मंसिर १७ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मङ्सिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको हो ।

संघीय संसदको दुवै सदनको आगामी अधिवेशसनमा बहुचर्चित एमसीसीका बारेमा छलफल हुने अनुमान गरिएको छ । अमेरिकाले यहि डिसेम्बर महिनाभरीमा एमसीसी अनुमोदन गर्न अप्रत्यक्ष दबाब श्रृजना गरिरहेको अवस्थामा हुन लागेको अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

Facebook Comments