Fri. May 17th, 2024

कोभिसिल्डको नौ लाख मात्र आइपुग्यो, मोडेर्नाको खोप भोली आइपुग्ने

काठमाण्डौं, २०७८ मंसिर १६ गते बिहीबार । कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोपको नौ लाख मात्रा बुधबार काठमाडौं आइपुगेको छ । बुधबार नेपालमा थप नौ लाख ७२ हजार मात्रा कोभिशिल्ड खोप ल्याइएको हो । सरकारलाई कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त भएको थप नौ लाख ७२ हजार खोप काठमाडौँ आइपुगेको हो । दुई दिनअघि पनि कोभ्याक्स सुविधा अन्तर्गतको सात लाख २५ हजार मात्रा खोप आएको थियो । कोभ्याक्स सुविधा अन्र्तगत नेपालले पाउने ६० लाख मात्रा खोपको निरन्तरतामा नौ लाख खोप आएको हो ।

व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले ६० लाख खोपमध्ये पहिलो पटक सात लाख २५ हजार र बुधबार दोस्रो पटक थप नौ लाख ७२ हजार मात्रा खोप आएको जानकारी दिनुभयो । उहाँले आगामी मङ्गसिरमा कोभ्याक्स सुविधा अन्तर्गत नै थप ६ लाख डोज कोभिसिल्ड आउन लागेको बताउनुभयो ।

मोडेर्ना कम्पनीले कोरोना भाइरस विरुद्ध उत्पादन गरेको खोप भोली पहिलो पटक नेपालमा ल्याइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले शुक्रबार कोभिडविरुद्धको मोडेर्ना खोप आउन लागेको जानकारी दिनुभएको छ ।

ढुंगानाले कोभ्याक्स सुविधा अन्तरगर्त १ लाख ८८ हजार मात्रा खोप आउन लागेको जानकारी दिनुभयो । अमेरिकी कम्पनीले उत्पादन गरेको मोडेर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । मोडेर्ना खोप फाइजर जस्तै १८ वर्ष मुनिका बालबालिकालाई पनि दिन सकिन्छ ।

Facebook Comments