Sun. May 19th, 2024

अमेरिकास्थित चीन र रूसका राजदूतद्वारा अमेरिकी तथाकथित “प्रजातन्त्र शिखर सम्मेलन”को विरोध

काठमाण्डौं, २०७८ मंसिर १५ गते बुधबार । अमेरिकाका लागि चिनियाँ राजदूत छिन काङ र रूसका राजदूत ए.एन्टोनोवले अमेरिकाको तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलनको विरोधमा एउटा संयुक्त लेख सार्वजनिक गर्नुभएको छ ।

नोभेम्बर २७ तारिख सार्वजनिक भएको उक्त लेखमा उहाँहरूले अमेरिकाको तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलन शीत युद्धको विचारधारामा आयोजित हुन लागेको कुरा व्यक्त गर्नुका साथै चीन र रूसले दृढताका साथ सम्मेलनलाई प्रतिरोध गर्ने अडान लिनुभएको छ ।

उहाँहरूको लेखले विभिन्न मुलुकले पारस्परिक सम्मान गर्नुपर्ने, सहकार्यमार्फत साझा विजय प्राप्त हुने उद्देश्य अपनाउनुपर्ने, विविध सामाजिक व्यवस्था र विचारधारा, फरक संस्कृति र इतिहास, विभिन्न मुलुकहरूबीचको सहअस्तित्वलाई अघि बढाउन प्रयास गर्नुपर्ने विषयमा जोड दिएको छ । सीएमजी

Facebook Comments