Thu. Dec 26th, 2024

एमाले महाधिवेशनमा मतदानको समय पनि थपियो, झण्डै १७ सय मत खस्यो

काठमाण्डौं, २०७८ मंसिर १४ गते मंगलबार । नेकपा (एमाले)को दशौंऔँ राष्ट्रिय महाधिवेशन अन्तर्गत यत्तिवेला मतदान अन्तिम चरणमा पुगेको छ । विहान ४ बजेदेखि सुरु भएको मतदान अहिलेसम्म पनि जारी रहेको छ ।

सोमबार राति २ बजेदेखि आज मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानको समय तोकिए पनि आज बिहान ४ बजेदेखि मात्र मतदान सुरु भएको थियो । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ । निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ । दुई हजार एक सय त्रिपन्न जना मतदाता रहेको सो महाधिवेशनमा हालसम्म १ हजार ७ सय जना प्रतिनिधिले मतदान गरिसकेका छन् ।

अध्यक्ष पदमा केपी शर्मा ओली र डा. भीम बहादुर रावल चुनावी मैदानमा हुनुहुन्छ । ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिवका लागि ९ जनाले उम्मेदवारी दिनुभएको छ ।

Facebook Comments