प्रधानन्यायाधीशको राजीनामा माग्दै देशभरका उच्च अदालतमा कानून व्यवसायीद्वारा प्रदर्शन
काठमाण्डौ, २०७८ मंसिर ८ गते बुधबार । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले थालेको आन्दोलन अन्तर्गत आज देशभरका उच्च अदालतमा प्रर्दशन गरिएको छ ।
उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ वटा उच्च अदालतमा नेपाल बार एसोसिएसनले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गरेको छ । करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलन अन्तर्गत बुधबार उच्च अदालतहरूमा प्रदर्शन गरिएको हो।
सर्वोच्च अदालतमा धर्नासहित उच्च अदालतमा पनि आन्दोलनका कार्यक्रम विस्तार गरिएको बारले जनाएको छ।
Facebook Comments