Sun. May 12th, 2024

रूसी राष्ट्रपति पुटिन पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुने

काठमाण्डौ, २०७८ मंसिर ७ गते मंगलबार । पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनका लागि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पठाउनु भएको निमन्त्रणा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाउनुभएको राष्ट्रपतिका प्रेस सचिव दमिट्री पेस्कोभले जानकारी दिनुभएको छ। उहाँका अनुसार रूस र चीन दुवै पक्षले सबै खास विषयबारे छलफल गरेपछि संयुक्त रूपमा बाह्य जगतका लागि सम्बद्ध सूचना सार्वजनिक गरिनेछ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले २३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा सँगै मिलेर भव्य समारोहमा सहभागी हुनु नै चीन र रूसबीच धेरै वर्षयता कायमै राखिएको असल परम्परा हो भन्ने कुरा औंल्याउनुभएको छ।

दुई मुलुकका नेता बीचको हिउँदे ओलम्पिक खेलकुदको भेटबाट चीन र रूस बीचको असल छिमेकीपना, मैत्रीपूर्ण र एकले अर्काको माया र सहायता गर्ने साझेदारी सम्बन्ध अझ स्पष्टसँग प्रतिबिम्बित गरिने विश्वास पनि प्रवक्ता चाउले व्यक्त गर्नुभएको छ। सीएमजी

Facebook Comments