Thu. Sep 19th, 2024

बैतडीमा जन्ति बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाण्डौ, २०७८ मंसिर ५ गते आईतबार ।  बैतडीमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक मध्ये तीन जनाको सनाखात भएको छ । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका-६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापा रहेका छन् ।

दुर्घटनामा सात जनाको हाताहाती भएको यातायात व्यवसायी त्रिलोचन थापाले बताउनुभयो । थापाले भन्नुभयो, “तीजनाको सव फेला परेको छ । बेहोस हुनु भएका दशरथचन्द नगरपालिका-६, का राजु चन्द र अर्क चन्दलाई अस्पताल पठाईएको छ । रातिको समय भएकोले उद्धार गर्न कठिनाई भईरहेको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।”

आईतबार बेलुकी ८ः १५ बजे दशरथचन्द नगरपालिका-४,कलुवाडको मोडमा दुर्घटनामा परेको म १ ज ३१० नम्बरको जिपमा सवार चार जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका-२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।

घटनाको थप विवरण आउँन बाँकी रहको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments