Tue. Apr 16th, 2024

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

काठमाडौं, २०७६ पुष १५ गते मंगलबार ।

ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन् ।

निवेदन दिनेमा अधिकांश युवा विद्यार्थी रहेका र त्यसमा विदेशी विद्यार्थी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । गोरखापत्र अनलाईनका अनुसार विश्वकै ध्यान खिच्नेगरी हुन लागेको “२०२० वेइजिङ विन्टर गेम्स”का लागि यती ठूलो संख्यामा आवेदन पर्नुले यसप्रतिको चासो धेरै रहेको पुष्टी भएको चीनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

आयोजक समितिले ती मध्येबाट आवश्यकता र योग्यताका आधारमा छनौट गर्ने समाचारमा जनाइएको छ । महत्वका साथ हेरिएको यस खेलकुद प्रतियोगिता आगामी फेब्रुअरीमा चीनको याङइङ जिल्लामा हुने तय भइसकेको छ ।

Facebook Comments