Sun. May 19th, 2024

सर्वोच्चमा देखिएको समस्या वार्ताबाटै तत्काल समाधान गर्न संवैधानिक आयोगहरुको आग्रह

काठमाण्डौं, २०७८ कात्तिक ३० गते मंगलबार । सर्वोच्च अदालतमा देखिएको समस्या वार्ताबाटै तत्काल समाधान गर्न विभिन्न आठ वटा संवैधानिक आयोगका पदाधिकारीहरुले आग्रह गरेका छन् ।उनीहरुले मंगलबार विज्ञप्ति जारी गरेर संविधानसम्मत र न्यायसंगत मार्ग अवलम्बन गरेर समस्या रमाधान गर्नुको विकल्प नहरेको उल्लेख गरेका छन् ।

उनीहरुले करिब एक महिनादेखि अदालतमा जारी गतिरोध तत्काल अन्त्य गरेर नियमित रुपमा मुद्दाको सुनुवाई हुने वातावरण बनाउन पनि आग्रह सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरु न्याय सम्पादनका लागि उत्तिकै जिम्मेवार हुने उल्लेख गर्दै उनीहरुले आम नागरिकको हितमा काम गर्न पनि आग्रह गरेका छन् ।

बार र बेञ्चको सहकार्य, सहअस्तित्व र समन्वयमा मात्र प्रभावकारी न्याय सम्पादन हुने भएकाले त्यसको विपरीत दूरी बढाउने काम गर्नु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्खेख छ ।

Facebook Comments