Sun. May 19th, 2024

१२ वर्षदेखि १७ वर्षसम्मका दीर्घरोगीलाई फाइजर खोप लगाउन सुरु

काठमाण्डौं, २०७८ कात्तिक २८ गते आईतबार । नेपालमा १२ वर्षमाथिका बालबालिकाले समेत लगाउन मिल्ने फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । यो खोप दीर्घरोगी बालबालिकालाई लक्षित गरी लगाउन थालिएको हो ।

फाइजर खोप नेपालमा पहिलो पटक १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घरोगीलाई दिइँदै छ । पहिलो पटक खोप लगाएकालाई २१ दिनदेखि २८ दिनभित्र दोस्रो मात्रा लगाइनेछ । पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म र मङरसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो मात्रा खोप दिइँदै छ ।

काठमाडौँ उपत्यकामा रहेको वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गङरगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।

Facebook Comments