Sun. May 19th, 2024

साम्प्रदायिक सदभाव खल्बलिने भन्दै जनकपुरमा निषेधाज्ञा जारी

काठमाण्डौं, २०७८ कात्तिक २७ गते शनिबार । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा शनिबार दिउँसोदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

जनकपुर उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सदभाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रुपैठामा सम्प्रादायिक सदभावमा खलल पुग्नेगरी नारा, जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले शान्ति शुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधिभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, -याली र सभाजस्ता क्रियाकपाल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बास्तोलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कारबाही गर्न सक्ने विज्ञप्तिमा लेखिएको छ ।

Facebook Comments