Mon. Dec 23rd, 2024

आन्तरिक हवाई भाडा बढ्यो

काठमाण्डौं, २०७८ कात्तिक १८ गते बिहीबार ।  आन्तरिक वायुसेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हालै मात्र हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक सङ्घले बुधबार बढेको भाडा सूची सार्वजनिक गरेको हो ।

नयाँ सूचीअनुसार  काठमाण्डौं-धनगढी हवाई मार्गमा सबैभन्दा बढी ४४० रुपियाँ भाडा बढेको छ । उक्त मार्गको हवाई भाडा चार हजार २२० पुगेको छ । यसअघि यस मार्गको हवाई भाडा मूल्य तीन हजार ८०० थियो । सबैभन्दा कम डोटी साँफेबगर मार्गमा ४५ रुपियाँ बढेको छ । हवाई इन्धनसहित सेवा शुल्कलगायत मूल्य जोडेपछि अन्तिम हवाई भाडा निर्धारण गरिन्छ । गोरखापत्र अनलाईन

Facebook Comments