Fri. May 17th, 2024

चीनद्वारा नेपाललाई १६ लाख डोज भेराेसेल खोप हस्तान्तरण

काठमाण्डौं, २०७८ कात्तिक १७ गते बुधबार । चीन सरकारले नेपाललाई १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आज दिउसो आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभएको हो ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले नेपाल-चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताउनुभएको मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले गोरखापत्र अनलाइलाई जानकारी दिनुभयो । खतिवडाले चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद दिनुभएको थियो ।

चीनबाट हालसम्म पटक पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments