Sun. Sep 22nd, 2024

आज साँझसम्म कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुख कलौनीको आव्हान

फोटो-गोरखापत्र

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार ।  प्रदेश सरकारको नेतृत्व गठबन्धनका दलहरुबीच आलोपालोगरी गरिने सहमती भए अनुसार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिनु भएको राजीनामा स्वीकृत गर्नु भएको छ । उहाँले आज मंगलबार साँझ ७ स् ३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आव्हान गर्नु भएको छ ।

हिजो सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिए पछि मुख्यमन्त्रीमा दाबी गर्न उहाँले आव्हान गर्नु भएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई भोलि साँझ साढे ७:३० बजेसम्म दाबी पेश गर्न आव्हान गर्नु भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

Facebook Comments