Sat. Sep 21st, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बीस मुलुक समूहका नेताहरूको १६औं शिखर सम्मेलनलाई सम्बोधन

काठमाण्डौं, २०७८ कात्तिक १४ गते आईतबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ३० तारिख पैचिङमा भिडियो मार्फत बीस मुलुक समूहका नेताहरूको १६औं शिखर सम्मेलनको पहिलो चरणको सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय आर्थिक सहयोगको मुख्य मञ्चको रुपमा बीस मुलुक समूहले दायित्व वहन गर्नुपर्ने, मानवको भविश्य र जनताको लाभका लागि साँच्चै बुहपक्षीयवादलाई अक्षरसपालना गर्नुपर्ने, मानव भाग्य समुदायको सिर्जना गर्न अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। साथै सीले पाँच सूत्रीय प्रस्ताव समेत प्रस्तुत गर्नुभएको छ। पहिलो, एकता र सहकार्यमा जोडदिंदै महाकारी विरूद्ध लड्नुपर्छ, दोस्रो एकअर्कामा समन्वय बढाउनुपर्छ र पुनरुत्थान अगाडि बढाउनुपर्छ, तेस्रो साझा विकास गर्नुपर्छ, चौथो नवप्रवर्तनमार्फत शक्तिको अन्वेषण गर्नुपर्छ, पाँचौं मेलमिलापयुक्त अस्तित्व र हरित विकासलाई बढाउनुपर्छ।

सीले सम्बोधनमा चीनले बाह्य खुलापनको आधारभूत राष्ट्रिय नीतिलाई निरन्तर रुपमा पालना गर्ने, विशाल परिमाणको बजारको श्रेष्ठता र निहित शक्तिको भूमिका निर्वाह गर्ने, बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई बढाउने, चिनियाँ तथा विदेशी उद्योग-व्यवसायहरूका लागि निष्पक्ष र न्यायिक बजार उपलब्ध गराउने कुरा बताउनुभयो। चीनको विकासले विभिन्न मुलुकका लागि नयाँ मौका उपलब्ध गराउने र विश्व अर्थतन्त्रका लागि नयाँ शक्ति थपिदिने विश्वास समेत सीले व्यक्त गर्नुभयो।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ, ‘चीनले डिजिटल अर्थतन्त्रको अन्तर्राष्ट्रिय सहयोगमा उच्च महत्व दिँदै विभिन्न पक्षको विचारलाई प्रतिविम्वित गर्नेछ। विभिन्न पक्षको हितको आदर गर्ने डिजिटल शासन व्यवस्था अन्तर्राष्ट्रिय नियम तोक्न छलफल गर्ने प्रस्ताव पनि प्रस्तुत गरेको छ। खुला, न्यायोचित, निष्पक्ष भेदभावरहित डिजिटल विकास वातावरणको सक्रिय सिर्जना गर्ने आशा पनि गरेको छ।’

साथै चीनले उद्योग व्यवसायको उत्पादन तथा आपूर्ति चेनको स्थिरता तथा विश्व आर्थिक संचालन सुचारू गर्नका लागि सम्बद्ध अन्तर्राष्ट्रिय मञ्चको आयोजना गर्ने प्रस्ताव पनि गरेको जानकारी राष्ट्राध्यक्ष सीले दिनुभएको छ।

चीनको विकासबाट विभिन्न मुलुकको लागि नयाँ विकास मौका सृजना भएको र विश्वको अर्थतन्त्रलाई थप जीवन्त शक्ति प्रदान गर्ने पनि सीले बताउनु भएको छ। चीन सन् २०३०अघि कार्बन चुचुरोमा पुग्ने र सन् २०६०अघि कार्बन न्यूट्रल हुने प्रयास गर्दै जाने र विभिन्न मुलुकसँगै मिलेर हरित, कम कार्बन दिगो विकासको बाटोमा हिंड्दै जाने वचन पनि राष्ट्राध्यक्ष सीले दिनुभएको छ। चीनले बहुपक्षबादको कार्यान्वयनलाई अघि बढाउदै मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण गर्दै जाने पनि बताउनु भयो । महामारीबाट विश्वमा विशेष गरी विकासोन्मुख मुलुकको लागि ठूला संकट ल्याइएकोले जनता केन्द्रित विश्वव्यापी विकासको न्याय, प्रभावकारिता, समावेशी विशेषतालाई बढाउँदै जुनसुकै मुलुक पछाडि पर्न नदिने कुरामा पनि सीले जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले विश्वव्यापी कोभिड प्रतिरोधी खोप सहयोग कार्यक्रम पनि प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार, हालसम्म चीनले विश्वका १०० वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनलाई १.६ अरब डोज प्रदान गरिसकेको छ र चालू वर्षभरि विदेशलाई २ अरब डोज प्रदान गर्ने छ। साथै चीनले विश्वका १६ वटा मुलुकसँग खोपको संयुक्त उत्पादन गरिरहेको र ३० वटा मुलुकसँगै बीआरआई खोप सहयोग साझेदार सम्बन्ध प्रस्ताव पनि गरेको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले महामारीमा विश्वका मुख्य आर्थिक एकाइले जिम्मेवारीपूर्वक समष्टिगत आर्थिक नीति अंगाल्नुपर्छ भन्दै अन्तर्राष्ट्रिय आर्थिक मौद्रिक प्रणालीको स्थिर संचालनको संरक्षण गर्न आग्रह पनि गर्नुभएको छ। सीले भन्नुभयो, बीस मुलुक समूहले सहयोगको निहित शक्ति निकाल्नुपर्छ र सानो घेरा भएमा विज्ञान तथा प्रविधिको नविनताको लागि हानिकारक हुने दाबी पनि गर्नुभएको छ।

उहाँले एकतावद्ध भई छिटो महामारीलाई पराजित गर्नुपर्ने र अझै राम्रो भविष्यको सिर्जना गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो। सीआरआई

Facebook Comments