Sat. Dec 28th, 2024

चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुलाई रिहाइको गृहकार्य हुँदै : मन्त्री खाँड

काठमाण्डौं, २०७८ कात्तिक १३ गते शनिबार । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँडले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताउनु भएको छ ।

गृहमन्त्री समेत रहनु भएका खाँडले मुद्दा लागेका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको बताउनुभयो ।

कार्यबहाक प्रधानमन्त्री खाँडले एउटै बन्दीलाई ६/७ वटासम्म मुद्दा लागेको पाइएको भन्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भइरहेको जानकारी समेत दिनुभयो ।

यस्तै खाँडले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिइरहेको पनि बताउनुभयो । उज्यालो अनलाईन

Facebook Comments