Fri. May 17th, 2024

सबको एउटै सरकार बनोस्

- तिला लेकाली

काठमाण्डौं, २०७८ कात्तिक १३ गते शनिबार ।
-तिला लेकाली
सधैं शुद्ध सफा आहार बनोस्
सब खुसी र सुखी संसार बनोस् ।
समता सब अक्षर बुन्न सकून्
सफलता गलाको हार बनोस् ।
नपरोस् कसैको भर पर्नु अब
यिनै हात र पाउ आधार बनोस् ।
नसुनूँ नदेखूँ तुहेका सपना
फूलझैँ सुकिलो समाचार बनोस् ।
यहाँ भ्रातृ र भगिनी मित्रताले
सब यार बनोस् र प्यार बनोस् ।
न काखा र पाखा नगरिकनको
सबको एउटै सरकार बनोस् ।
गजल २०७८/०७/१२
Facebook Comments