Sun. May 19th, 2024

पर्यटन प्रर्वद्धन गर्न भारतको टाईसँग पर्यटन बोर्डको सम्झौता

काठमाण्डौं, २०७८ कात्तिक ७ गते आईतबार । पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले भारतको ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई)सँग सम्झौता गरेको छ ।

दुई देशबीच आपासी सहकार्यबाट पर्यटन प्रर्वद्धन गर्ने गरी शुक्रबार (अक्टुबर २२ तारिख) का दिन नयाँ दिल्लीमा सम्झौता भएको हो । दिल्लीमा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योती मायालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रमहरु इभेन्ट, रोड सो, वेवीनार जस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश रहेका छन् ।

भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताउनुभयो । एक अर्को देशमा भएका पर्यटन प्रर्वद्धनका राम्रा अभ्यासहरु आदान प्रदान गर्दा दुवै देशको पर्यटन य प्रर्वद्धनमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments