Sun. May 19th, 2024

चीनले संयुक्त राष्ट्र संघ मामिलामा सक्रिय रूपमा भाग लिएको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रमुखको भनाइ

काठमाण्डौं, २०७८ कात्तिक ७ गते आईतबार । चीनले संयुक्त राष्ट्र संघ मामिलामा सक्रिय रूपमा भाग लिएको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रमुख अचिम स्टीनरले बताउनुभएको छ। यस वर्ष चीनले संयुक्त राष्ट्र संघमा वैधानिक स्थान पुनःप्राप्त गरेको ५०औँ वार्षिकोत्सव हो। ५० वर्षयता चीनले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय व्यवसायको दृढताका साथ संरक्षण गर्नुका साथै संयुक्त राष्ट्र संघको कार्यलाई चीनले योगदान पुर्याइरहेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रमुख अचिम स्टीनरले बताउनुभएको छ।

यस वर्ष चीनले संयुक्त राष्ट्र संघमा वैधानिक स्थान पुनःप्राप्त गरेको ५०औँ वार्षिकोत्सव हो। ५० वर्षयता चीनले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय व्यवसायको दृढताका साथ संरक्षण गर्नुका साथै संयुक्त राष्ट्र संघको कार्यलाई चीनले योगदान पुर्याइरहेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रमुख अचिम स्टीनरले बताउनुभएको छ।

राष्ट्र संघीय विकास कार्यक्रमका प्रमुख अचिमले लगभग ५० वर्षअघि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नै संयुक्त राष्ट्र संघीय एकाइमध्ये चीनसँग सहयोग गरेको सबैभन्दा पहिलो संगठनमध्येको एक भएको भन्दै यस दृष्टकोणबाट हेर्दा दशौँ वर्षयता राष्ट्र संघीय विकास कार्यक्रम नै चीनको विकास बाटो र नैतिक क्षेत्रको सहयोगी साझेदारी बनेको उल्लेख गर्नुभयो। एकातिर विकास कार्यक्रमले चीनको विकासलाई चुनौती तथा रणनीति प्रदान गरेको छ भने अर्कातिर केही वर्षयता चीनबाट केही कुरा सिकेको पनि उहाँले बताउनुभयो। विगत तीस चालीस वर्षमा चीनले पाएको सबैभन्दा ठूलो उपलब्धिमध्येको एक गरिबी निवारणबाट विकास कार्यक्रमले पनि सिक्न पाएको उहाँले बताउनुभयो।

राष्ट्र संघीय विकास कार्यक्रमका प्रमुख अचिमले जलवायु परिवर्तनको सामनामा चीनले खेलेको भूमिका तथा योगदानको पनि प्रशंसा गर्नुभयो। सीआरआई

Facebook Comments