Mon. Apr 29th, 2024

बाढिपहिरोमा परि इलाममा एकै परिवारका ४ जनासहित १३ जनाको मृत्यु

काठमाण्डौं, २०७८ कात्तिक ७ गते आईतबार । लगातारको वर्षापछिको बाढी र पहिरोमा परि इलाममा एकै परिवार ४ जना सहित १३ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा मात्रै एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको हो । फाकफोकथुम-३ सल्लेरीमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रणजत्ता थापा, १५ वर्षीय निशान कटुवाल र १२ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो । २ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल हुनुभएको छ ।

फाकफोकथुम–१ ठिङ्गेपुरकी विना शेर्मा र १४ बर्षिय आइतबहादुर राईको पहिरोमा पुरिएर मृत्यु भएको छ । भान्स घरमाथिबाट खसेको पहिरो खस्दा उहाँहरुको पुरिएर मृत्यु भएको हो । प्रहरी चौकी आमचोक र स्थानीयको सहयोगमा अन्य २ जनाको सकुशल उद्धार गरिएको छ ।

त्यसैगरी सूर्योदय नगरपालिकामा ३ जना ज्यान गएको छ । नगरपालिकाको वडा नं ३ जिल गाउँका ३८ बर्षिय बिष्णुमाया तामाङ र उहाँका छोरा १७ बर्षिय विशाल तामाङको मृत्यु भएको हो । त्यसैगरी सोही वडाकी नारायणी देवी मोतेको पहिरोले परिएको मृत्यु भएको छ ।

घरमाथिको पहिरोले आई बगाउँदा मोतेको परिवारको अन्य ३ जना सदस्यको सकुशल उद्धार गरिएको छ । माङ्सेबुङ गाउँपालिका–६ चिसोपानीमा पहिरोले पुरिएका ४ जना मध्ये २ जनाको शव प्रहरीले फेला पारेको छ । ५३ बर्षिय हरिप्रसाद राई र २९ बर्षिय कविता राईको शव फेला परेको छ ।

२५ बर्षिय जनम राई र ५८ बर्षिया भक्तकुमारी राई घाइते हुनुभएको छ । लुटिमाया खोलाले बगाउँदा देउमाई नगरपालिका–२ की ४५ बर्षिया सरिता राईको मृत्यु भएको छ । माई न।पा। ३ बस्ने वर्ष २५ की तेजमाया राई बाख्रा चराउन गएका वेला वर्षाका कारण रूखको हाँगा भाँचिई घाइते भएपछि बी एन्ड सी अस्पताल झापामा उपचारकै क्रममा मृत्यु भएको छ । लोकल सन्देश

Facebook Comments