Wed. Nov 20th, 2024

दोस्रो “बेल्ट एण्ड रोड” ऊर्जा-श्रोत मन्त्री बैठकमा हानचङको सम्बोधन

काठमाण्डौं, २०७८ कात्तिक २ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् चीनका उपप्रधान मन्त्री हान चङले १८ तारिख पैचिङमा भिडियोमार्फत् दोस्रो “बेल्ट एण्ड रोड” ऊर्जा-श्रोत मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको छ।

उहाँका अनुसार, “बेल्ट एण्ड रोड”को निर्माणसम्बन्धी प्रस्ताव प्रस्तुत भएदेखि ८ वर्षमा अन्तर्राष्ट्रिय जगतले व्यापक रूपमा समर्थन र सक्रिय रूपमा सहभागिता जनाएको छ। विभिन्न क्षेत्रको चौतर्फी सहयोगले राम्रो उपलब्धि हासिल गरेको छ। राष्ट्राध्यक्ष सी चिनफिङले औल्याउनुभएको थियो, ‘ऊर्जा-श्रोतको सहयोग  “बेल्ट एण्ड रोड”को निर्माणमा महत्वपूर्ण क्षेत्र हो। चीनले विभिन्न देशहरूसँग  “बेल्ट एण्ड रोड”को प्रारूपमा ऊर्जा-श्रोतसम्बन्धी सहयोगलाई सबल पारेर विश्व ऊर्जाको दिगो विकास र सुरक्षाको रक्षा गर्ने इच्छा राखेको छ।’ केही वर्षयता, चीनले  “बेल्ट एण्ड रोड”सम्बन्धी ऊर्जा सहयोग साझेदारी सम्बन्धको निर्माण गरेर अनेकन महत्वपूर्ण प्रगति हासिल गर्दैआएको छ।

जलवायु परिवर्तन संकटको सामना गर्ने पृष्ठभूमिमा मौकाको प्रयोग गरेर सहमति जुटाउँदै  “बेल्ट एण्ड रोडसम्बन्धी देशहरूको ऊर्जा आपूर्तीलाई कुशल, स्वच्छ र विविधता तर्फ अघि बढाउनुपर्ने उपप्रधानमन्त्री हानले प्रकट गर्नुभएको छ।

दोस्रो “बेल्ट एण्ड रोड” ऊर्जा-श्रोत मन्त्री बैठक चिनियाँ ऊर्जा व्यूरो र शानतुङ सरकारबाट आयोजित भएको हो। बैठकको मुख्य विषयवस्तु “हातमा हात मिलाएर अझ हरित र सहिष्णु ऊर्जा भविष्यतर्फ जाऔं” भन्ने रहेको छ। सीआरआई

Facebook Comments