Mon. Apr 29th, 2024

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्षद्वारा चाइना मिडिया ग्रूपलाई अन्तर्वार्ता

काठमाण्डौं, २०७८ कात्तिक २ गते मंगलबार । पैचिङ हिउँदे ओलम्पिक खेलकुद ज्योति प्रज्ज्वलन समारोहको आयोजना अगाडि अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखले चाइना मिडिया ग्रूप अर्थात् सीएमजीलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। उहाँले पैचिङ हिउँदे ओलम्पिक खेलकुदले हिउँदे खेलकुद मात्र नभई विश्व खेलकुदको विकासमा अवसर सिर्जना गर्ने कुरा व्यक्त गर्नुभएको छ।

पैचिङ ओलम्पिक खेलकुदको तयारीबारे चर्चा गर्दै उहाँले सुचारू रूपमा तयार भएको, कोभिड-१९को रोकथाम र नियन्त्रणबाट चीनको कार्यकुशलताबाट खेलकुदका सबै भवनको निर्माण कार्य केही महिना अगाडि पूरा भएको बताउनुभयो। विभिन्न मुलुकका खेलाडीहरूले परीक्षण प्रतियोगितामा भाग लिएर सकारात्मक प्रतिक्रिया दिएकोले पैचिङ ओलम्पिक खेलकुदको सफल आयोजना हुने पूर्ण विश्वास लिएको  पनि उहाँले व्यक्त गर्नुभयो।

चाइना मिडिया ग्रूप अन्तर्राष्ट्रिय ओलम्पिक समितिको महत्वपूर्ण साझेदार हुँदै भविष्यमा सीएमजीसँग अझ घनिष्ठ सहयोग गर्ने अपेक्षा लिएको पनि अध्यक्ष बाखले बताउनुभयो। सीआरआई

Facebook Comments