Mon. May 13th, 2024

म्यान्मारमा सैन्य कूको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजार जनालाई मुक्त गर्ने निर्णय

काठमाण्डौं, २०७८ कात्तिक १ गते सोमबार । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गर्ने घोषणा सैन्य सरकारले गरेको छ।

गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु भएको थियो।

म्यान्मारका सैन्य नेता जेनरल मिन ओङ ह्लाइङले मानवीय कारणले ५,६३६ जना बन्दीलाई रिहा गरिने बताउनु भएको हो ।

सेना प्रमुखलाई राजनीतिक सङ्कट अन्त्य गर्नका लागि पर्याप्त कदम नचालेको भन्दै एउटा वार्षिक क्षेत्रीय सम्मेलनमा आमन्त्रण नगर्ने निर्णय गरिएको केही दिनमा नै यस्तो घोषणा भएको हो।

दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन ९आसियान०ले जेनरल मिन ओङ ह्लाइङको सट्टा म्यान्मारबाट एकजना गैरराजनीतिक व्यक्तिलाई निम्तो गर्ने निर्णय गरेको थियो। बीबीसी

Facebook Comments