Sat. May 30th, 2026

बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

       

काठमाण्डौं, २०७८ असोज २२ गते शुक्रबार।  बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । विहानैदेखि शक्तिपीठहरुमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको घुईचो लागेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिँजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।

काठमाडौं उपत्यकाका दक्षिणकाली, कालिकास्थान, तलेजु भवानी, गुह्वेरी, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको विहानैदेखि भिड लागेको छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिर धरानको दन्तकाली, दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, भोजपुर र संखुवासभाको सिद्धकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरहरु पनि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।

Facebook Comments