Fri. May 8th, 2026

जन गणतन्त्र चीन स्थापना भएको ७२औँ वार्षिकोत्सवको उपलक्ष्यमा चीन सरकारको स्वागत समारोह

       

काठमाडौं, २०७८ असोज १५ गते शुक्रबार । सेप्टेम्बर ३० तारिख चीन सरकारले पैचिङमा राष्ट्रिय दिवसको स्वागत समारोहको आयोजना गरी जन गणतन्त्र चीन स्थापना भएको ७२औँ वार्षिकोत्सव मनाएको छ। सी चिनफिङ समेत चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय नेतागणलगायत लगभग ५०० जना चिनियाँ तथा विदेशी समारोहमा संलग्न उपस्थित हुनुभएको छ ।

चीनका प्रधानमन्त्री ली खछ्याङले नयाँ चीन स्थापना भएको ७२ वर्षमा चीनले उल्लेखनीय उपलब्धि हासिल गरेको, विशेष गरी समयमै सम्पन्न समाजको निर्माण भन्ने पहिलो शतवार्षिक विकास लक्ष्य पूरा हुनुका साथै समाजवाद आधुनिकीकरण मुलुकको निर्माण गर्ने नयाँ यात्रा सुरू भएको विचार व्यक्त गर्नुभयो।

लीले सुधार तथा खुलापन नै चीनको आधारभूत राष्ट्रिय नीति हो साथै भविष्यमा चीन विकासको मूल शक्ति पनि हो भन्ने दोहोर्याउनुभयो। एक देश दुई प्रणाली, हङकङवासीले हङकङको प्रशासन, मकाउवासीले मकाउको प्रशासन, उच्च डिग्रीको स्वशासन नीतिमा चीन सरकार अडिग रही एक चीन नीति र सेप्टेम्बर २ तारिख सहमत भन्ने थाइवान कार्यको नीतिमा अडिग रहने पनि ली खछ्याङले उल्लेख गर्नुभयो। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार