Fri. May 17th, 2024

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना

काठमाडौं, २०७८ असोज १४ गते बिहीबार । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनु भएको छ ।

ज्वरो र खोकीको समस्याका कारण बुधबार राति उहाँलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको नेपालको सचिवालयले जनाएको छ । उहाँको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सन्तकुमार दास सहितको टोली संलग्न रहेको बताइएको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको सचिबालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Facebook Comments