Fri. May 17th, 2024

चिनियाँ प्रतिनिधिद्वारा खोपको निष्पक्ष वितरणका लागि आह्वान

काठमाडौं, २०७८ असोज १३ गते बुधबार । चिनियाँ प्रतिनिधिले कोरोना भाइरस विरुद्धको खोपको निष्पक्ष वितरणका लागि संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा आह्वान गर्नुभएको छ । सेप्टेम्बर २८ तारिखका दिन संयुक्त राष्ट्र संघको जेनेभा कार्यालयस्थित चिनियाँ प्रतिनिधि छन स्यूले संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४८औं सम्मेलनअन्तर्गत “कोरोना भाइरस महामारीबाट तीब्र भएको असमानता” शीर्षकको गोष्ठीमा रुस, दक्षिण अफ्रिका, पाकिस्तान, इजिप्ट, मेक्सिको, डन्डोनेशियालगायत तीसवटा विकासोन्मुख मुलुकको तर्फबाट सम्बोधन गर्दै विश्वको खोपको निष्पक्ष वितरणका लागि आह्वान गर्नुभएको हो।

महामारीलाई पराजित गर्ने सर्वोत्तम् उपकरण खोप भएको भन्दै, खोप विश्वको सार्वजनिक वस्तु बन्नुपर्ने तर हाल विश्वमा खोपको असमान वितरण भइरहेको बताउनु भयो। उहाँले ती विकासोन्मुख मुलुकहरूले विश्वको खोपको निष्पक्ष वितरणसम्बन्धी संयुक्त राष्ट्र संघको आह्वानको समर्थन दिएको भन्दै सबै मुलुकहरूसँग सर्वसाधारणको जीवन अधिकार र स्वास्थ्य अधिकारलाई पहिलो स्थानमा राख्न पनि आह्वान गरेको बताउनुभयो।

अन्तर्राष्ट्रिय समाजले एकता र सहयोगको भावनामा विकासोन्मुख मुलुकलाई मद्दत दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो। क्षमतावान मुलुकहरूसँग अन्तर्राष्ट्रिय विकास सहकार्यमा संलग्न हुन, विकासोन्मुख मुलुकहरूलाई दिगो विकासमा मद्दत दिन, महामारीबाट अर्थतन्त्र र समाजमा पर्ने असरलाई प्रभावकारी रुपमा शिथिल पार्न पनि उहाँले आह्वान गर्नुभयो। सीआरआई

Facebook Comments