Tue. Apr 1st, 2025 01:31:07

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भिडियोमार्फत चोङ क्वान छुन मञ्च सन् २०२१ लाई शुभकामना

काठमाण्डौं, २०७८ असोज ८ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज भिडियोमार्फत चोङ क्वान छुन मञ्च सन् २०२१ लाई शुभकामना दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले शुभकामना सन्देशमा हाल विश्वको कुल प्रारूप तीव्र गतिले परिवर्तन भइरहेको, नयाँ कोरोना महामारीको असर निकै विस्तृत र गहिरो परेको र विश्व आर्थिक पुनरूत्थानका सामु निकै गम्भीर चुनौती देखा परेकाले विश्वका विभिन्न मुलुकहरूले वैज्ञानिक र प्राविधिक सहकार्यलाई सबल पारी सँगै मिलेर युगको चुनौतीको सामना गर्नुका साथै संयुक्त रूपमा मानव जातिको शान्ति र विकास हुने महा कार्यलाई प्रवर्द्धन गर्नुपर्ने बताउनु भएको छ ।

चीनले वैज्ञानिक र प्राविधिक सिर्जनशील हुने कार्यमा उच्च महत्व दिनुका साथै अझ खुलस्त धारणा लिएर अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक आदान प्रदानलाई मजबुत पार्दै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

चोङ क्वान छुन चीनको पहिलो राष्ट्रिय आत्म निर्भर हुने सिर्जनशिल नमुनात्मक क्षेत्र हो। साथै चोङ क्वान छुन मञ्च विश्व वैज्ञानिक र प्राविधिक आदान प्रदान र सहकार्यतर्फ उन्मुख हुने राष्ट्रिय स्तरीय चौतारो पनि हो। चोङ क्वान छुन मञ्च सन् २०२१ सेप्टेम्बर २४ तारिख पैचिङमा शुरू भएको हो। सीआरआई

Facebook Comments