Fri. May 17th, 2024

रुसमा बन्दुकधारीद्वारा एक विश्वविद्यालयमा हमला, कैयौँ मारिए

काठमाण्डौं, २०७८ असोज ४ गते सोमबार । रुसका अनुसन्धानकर्ताहरूले उरलस्थित एउटा विश्वविद्यालयमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन्। घटनामा कैयौँ घाइते भएको विवरणमा जनाइएको छ।

कतिपय शिक्षक र विद्यार्थीले विश्वविद्यालय भवनभित्र लुकेर ज्यान जोगाएका थिए भने केही झ्यालबाट हाम फालेको देखिएको थियो। रुसी प्रहरीले बन्दुकधारीलाई पक्राउ गरिएको जनाएको छ।

कतिपय विवरणमा आक्रमणकारीले सामाजिक सञ्जालमा आफूले एक्लै हमला गरेको र आफ्नो कुनै राजनीतिक वा धार्मिक उद्देश्य नरहेको धारणा राखेको उल्लेख गरिएको छ। यो घटना राजधानी मस्कोबाट झन्डै १३ सय किलोमिटर पूर्वमा रहेको पर्म स्टेट विश्वविद्यालयमा भएको हो।

सोमवार बिहान क्याम्पसमा प्रवेश गरेर हमलाकारीले आक्रमण गरेको थियो। रुसी टेलिभिजनको फूटेजमा विद्यार्थीहरू झ्यालबाट हाम फालिरहेको देखिन्छ। बीबीसी

Facebook Comments