Thu. Apr 18th, 2024

रामेछापमा जीप दुर्घटना : एकै परिवारका तीन जनाको ज्यान गयो, १० वर्षका बालक घाइते

काठमाडौं, २०७८ असोज १ गते शुक्रबार । रामेछापमा बिहीबार जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । १० वर्षका बालक घाइते भएका छन् ।

दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको साइनो भने खुल्न बाँकी छ । घाइते १० वर्षका बालक धावा शेर्पा घाइते भएका र उनको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको  छ ।

काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३-०१-०२३-च-३५१३  नम्बरको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको हो  भनि उज्यालो अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments