Wed. May 22nd, 2024

चीनको सछुवान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प, ३ जनाको मृत्यु

काठमाडौं, २०७८ भदौ ३१ गते बिहीबार । चीनको दक्षिण पश्चिममा रहेको सछुवान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । आज  बिहान (बिहीबार) ४ः३३ बजे गएको सो भूकम्पको केन्द्रविन्दू सछुवान प्रान्तको राजधानी छन्तुबाट २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको ल्युस्याङ काउन्टीको लु चौ शहर रहेको छ । सो भूकम्पको मुख्यकेन्द्र भने जमिनको सतहभन्दा १० किलोमिटर भित्र रहेको बताइएको छ ।

चिनियाँ सञ्चार माध्यमहरुले बताए अनुसार भूकम्पले घरहरु भत्किएर कम्तीमा ३ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । भूकम्पपछि उद्धार कार्य जारी छ । सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ । यस्तै ३५ वटा घर भत्किएका छन् ।

यसअघि सन् २००८ मे महिनामामा ७.९ म्याग्निच्युडको भूकम्पले सछुवानमा झण्डै ९० हजार  मानिसहरुको ज्यान लिएको थियो ।

Facebook Comments