Fri. May 3rd, 2024

४४ लाख डोज भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान चीनतर्फ जाँदै

काठमाडौं, २०७८ भदौ ३१ गते बिहीबार । चीनसँग खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्य बाँकी ४४ लाख डोज खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीनतर्फ जाँदै छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ पौने ६ बजे पैचिंगतर्फ जाने छ ।

आज पैचिंगका लागि जाने विमानले भोली बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ ।

Facebook Comments