Sun. Apr 28th, 2024

नेपालले बङ्गलादेशलाई हरायो

तस्विर-एन्फा

काठमाडौं, २०७८ भदौ २४ गते । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा नेपालको राष्ट्रिय महिला टोलिले बङ्गलादेशलाई हराएको छ । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २-१ ले हराएको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज अबेर साँझ सम्पन्न खेलमा नेपालका लागि फरवार्ड सबिता राना र प्रिती राईले एक एक गोल गर्नुभयो । खेल सुरु भएको १३ औं मिनेटमा सबिताले हेडरमार्फत् गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाउनुभयो । बिमला चौधरीको क्रसलाई उहाँले गोलको दिशा दिनुभयो ।

नेपालले सुरुवाती अग्रता पाएको आठ मिनेट नबित्दै प्रिती राईले गोल थप्दै नेपालको अग्रतालाई दोब्बर पार्नुभयो । ४९ औं मिनेटमा राईले ब्यक्तिगत् दोस्रो र नेपालका लागि तेस्रो गोल गर्ने अबसर पाउनुभएको थियो । तर बङ्गलादेशकी डिफेन्डर रुपना चक्माले विफल तुल्याउनुभयो ।

खेलको उत्तराद्र्धतर्फ बङ्गलादेशकी तोहुरा खातुनले गोल गर्दै अन्तरलाई कम गर्नुभयो । ८३ औं मिनेटमा उहाँले गोल गरेपनि बङ्गलादेशका लागि उक्त गोल शान्त्वना मात्रै रहन गयो । गोरखापत्र अनलाईन

Facebook Comments