Sat. May 4th, 2024

१६औं पारा-ओलम्पिकमा चिनियाँ टोलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डौं, २०७८ भदौं २० गते आईतबार । चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रीय समिति तथा चिनियाँ राज्य परिषदले आज सेप्टेम्बर ५ तारिख १६औं पारा-ओलम्पिकमा सहभागी भएको चिनियाँ टोलीलाई बधाई सन्देश पठाएको छ।

सो सन्देशमा १६औं पारा – ओलम्पिकमा सहभागी भएको चिनियाँ टोलीले संयुक्तरूपमा प्रयास गरी खेलाडीको सक्रिय मनोभाव देखाएको छ। चिनियाँ टोलीले प्रतियोगितामा ९६वटा स्वर्ण पदक, ६०वटा रजत पदक र ५१वटा कास्य पदक जितेको छ। चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रीय समिति र चिनियाँ राज्य परिषदले यी खेलाडीहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गरेको पनि उक्त सन्देशमा लेखिएको छ।

Facebook Comments