Mon. May 6th, 2024

संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ रोक्न अन्तरिम आदेश (आदेशसहित)

काठमाण्डौं, २०७८ भदौं १७ गते बिहीबार ।  सर्वोच्च अदालतले संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको ।  बिहीबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो ।

‘संवैधानिक इजलासमा चली रहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषदमा सदस्य रहने प्रधान न्यायाधीश समेत संलग्न भइ संवैधानिक निकायको नियुक्तिसँग सम्बन्धित मुद्दामा प्रधान न्यायाधीश उक्त इजलासमा बस्ने वा नबस्ने भन्ने विषय समेतलाई टुंगो गरी संवैधानिक इजलासका सम्बन्धी मुद्दाहरु निर्णय गर्नुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाहरुको सुनुवाइ नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को २ को (क) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’ सर्वोच्चको आदेशमा भनिएको छ । साथै आदेशको जानकारी आजै विपक्षीहरुलाई दिनहुन पनि सर्वोच्चको आदेशमा लेखिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments