Tue. May 21st, 2024

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सुरु

काठमाण्डौं, २०७८ भदौं १६ गते बुधबार । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो । सो परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ ।

यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएको भए पनि कोरोनाको संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा परीक्षा स्थगित गरिएको थियो । प्राप्त जानकारी अनुसार विद्यार्थीहरुले आफुले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउनेछन् ।

Facebook Comments