Sat. May 18th, 2024

‘जर्मनी फुटबलर अफ द इयर’ अवार्ड लेवान्डोस्कीलाई

काठमाण्डौं, २०७८ भदौं १३ गते आईतबार । फुटबल म्यागजिन किकरले हिजो (शनिबार) वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई ‘जर्मनी फुटबलर अफ द इयर’ अवार्ड प्रदान गरेको छ ।

जर्मनीको खेल पत्रकारहरुको भोटिङमार्फत दिइएको अवार्डमा लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै अवार्ड जित्नुभएको हो ।

लेवान्डोस्कीका प्रतिस्पर्धी वार्यनका थोमल मुलरले ४१ र डर्टमण्डका आर्लिङ हालाण्डले ३८ भोट पाउँदा लेवान्डोस्कीले ३ सय ५६ भोटसहित ‘जर्मनी फुटबलर अफ द इयर’ अवार्ड जित्नुभएको हो ।

३३ वर्षीय लेवान्डोस्कीलाई हिजो वायर्न र हेर्था बर्लिनबीचको खेल अघि अवार्ड दिइएको थियो । वार्यनले हेर्था बर्लिनलाई ५-० ले पराजित गर्दा लेवान्डोस्की ह्याट्रिक गर्नुभएको थियो ।

यस्तै गत सिजन वार्यनले बुन्डेसालिगाको उपाधि जित्दा लेवान्डोस्कीले एकै सिजन सर्वाधिक गोल गर्ने वायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गर्नुभएको थियो ।

सन् १९७१/७२ को सिजनमा मुलरले गर्नुभएको ४० गोल गर्दै बनाउनु भएको कीर्तिमानलाई भङ्ग गर्दै लेवान्डोस्कीले गत सिजन ४१ गोल गर्नुभएको थियो । एजेन्सी

Facebook Comments